Oplus_131072
लगातारको वर्षाका कारण सेती नदीको जलस्तर बढेको छ।
वर्षासँगै आएको बाढी र पहिरोका कारण आसपासका वस्ती जोखिममा परेका छन्। जिल्लाको केदारस्यू गाउपालिका–१ पथुडामा सेती नदीले विजुलीका पोलहरु नै बगाएको छ।
नदीको जलस्तर बढ्दै गएपछि पथुडा गाउ समेत जोखिममा परेको स्थानीयले बताएका छन्। सेती नदी उर्लिएपछि वस्ती जोखिममा परेको हो। नदीमा पानीको वहाव बढेपछि नदी किनारमा गाडिएका विद्युतका पोल समेत ढलेका छन्।
