थलारा गाउँपालिका गाउँसभाकाे १६औँ अधिवेशन आज सम्पन्न भएको छ। हिउँदे अधिवेशनका रूपमा सम्पन्न गाउँसभाको सभा संचालन सभाअध्यक्षता तथा थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले गर्नुभएको थियो।
अधिवेशनले विशेषगरी कानुन निर्माण तथा कार्यविधि सम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै गाउँपालिकाको सुशासन, पारदर्शिता र विकास निर्माणलाई थप सुदृढ बनाउने उद्देश्य लिएको छ। गाउँसभामा प्रस्तुत विभिन्न कानुनी विधेयकहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थलारा गाउपालिका प्रबक्ता रविन्द्र खातीले बताएका छन ।

अधिवेशनले विपद ब्यवस्थापन समितिको वार्षिक प्रतिवेदन , थलारा गाउँ सभा सचिवालय स्थापना र कार्यसञ्चालन कार्यबिधि २०८२, थलारा गाउँपालिका लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, थलारा गाउँपालिका को वेरुजु फर्स्यौट कार्यविधि २०८२ सभामा पेस भएका र पारित गरेको थलारा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताएका छन । यी कानुनहरूले गाउँपालिकामा सुशासन र जवाफदेहिता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

गाउँसभा अधिवेशनबाट पारित विधेयकहरू ब्यबस्थित गरि कार्यन्वयन गर्ने थलारा गाउपालिका प्रमुख प्रसासकिय अधिकृत पाध्याले बताउनु भयो ।
सभाका सदस्य लोकेन्द्र बिष्टले विपद ब्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, रविन्द्र जोशीले थलारा गाउँ सभा सचिवालय स्थापना र कार्यसञ्चालन कार्यबिधि २०८२, सुनिता गिरिले थलारा गाउँपालिका लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, हेमन्ती चन्दले थलारा गाउँपालिकाको वेरुजु फर्स्यौट कार्यविधि २०८२ र उपाध्यक्ष राम बहादुर खातीले बजेट तथा कार्यक्रम संसोधन प्रस्ताव सभामा पेस गर्नु भएको थियो ।

अधिवेशनमा बोल्दै गाउँपालिका अध्यक्ष तथा गाउसभा सभाअध्यक्ष रोकायाले कानुन निर्माणले स्थानीय तहलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने बताउँदै विकास निर्माणका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उ
