✍️
साहित्यिक प्रेमि कल्याण गुरुङ (दंगालि स्रष्टा)
मुक्तक
(१)
आफ्नो इज्जत आफै फाल्ने,मजबुरि रहेछ तिम्रो।।
समाजको भाइरस बन्न थाल्ने,मजबुरि रहेछ तिम्रो।।
नभएको होइनन् भएर पनि वास्ता नगरेपछि श्रीमानले,
त्यहीँ शरिर बेचि बच्चा पाल्ने,मजबुरि रहेछ तिम्रो।।
(२)
सम्झिन्छु”अतित”रुन्छ मन अरु के भनौं।।
रहर त अनेक थरिका छन अरु के भनौं।।
यसकारण मैले मृत्यु नरोजि चित्त बुझाएँ,
उता छुटेका थिए मुना मदन अरु के भनौं।
(३)
बाँचुन्जेल सम्म लामो संघर्ष गरि,पाएकोछु।
बदलामा “चोट”आँशु आँखाभरि,पाएकोछु।
म बेरोजगार रोजगारको शिलशिलामा हुँदा,
उसैलाई सम्झि रुने सानो नोकरि,पाएकोछु।
ठेगाना:तुल्सिपुर उपमहानगरपालिका १९ दाङ(संग्राम)
हाल:बिरानो मुलुक,यु,ए,ई
जय साहित्य❣️🙏❣️🇳🇵🇳🇵
