बझाङको बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता २०७८ हुँदै

सेयर गरौं

बझाङ / फागुन ११

जिल्लाको बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता २०७८ हुने भएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा र नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत देउडा प्रतियोगितामा हुने भएको हो ।

सुदूरपश्चिमको कला र संस्कृतिको सम्मान स्वरुप बुङ्गल साहित्य देउडा समाजले विजगडामा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको समाजका अध्यक्ष शुरेश कुँवरले बताए ।
महाशिवरात्रीको अवसरमा फागुन १६ र १७ गते २ दिन प्रतियोगिता हुनेभएको छ ।

बुङ्गल नगरपालिका विजगडा जाऔँ” स्थानीय कला संस्कृति र देउडा सँगै रमाऔँ, भन्ने मुल नाराका साथ फागुन १६ गते पञ्चेबाजा, फाग, मागल, छलिया, ढुस्को, धुमारी, ठाडी भाका र अन्य विभिन्न स्थानीय भाकामा नाचगान हुनेछ भने १७ गते सुदूरपश्चिम प्रदेशमा ख्याति प्राप्त देउडा कलाकारहरुको वृहत देउडा प्रतियोगिता हुने आयोजक कमिटीले जनाएको छ ।

सुदूरपश्चिमको कला गला र संस्कृतिको लोप हुँदै गैरहेको समयमा संस्कृतिको सम्मान, पहिचान र जगेर्ना गर्नका लागि स्थानिय कला सस्कृती प्रदर्शनी तथा वृहत देउडा प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कुँवरको भनाइ रहेको छ

देउडा प्रतियोगिता सहभागि हुन इच्छुक व्यक्तिहरूले , टिम फागुन १५ गते सम्म दर्ता गरिसक्न पनि अध्यक्ष कुँवरले बताए ।
कार्यक्रममा बझाङबासी सम्पूर्णलाई आउन र देउडा सँग रमाउन आयोजक कमिटीले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212